नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी ‘द पोएट आइडल’ हुने

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७९, सोमबार

काठमाडौं । नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।

अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइन आवेदन दिन सक्नेछन् ।

शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुप बराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।

होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकी नेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।

कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु