२० वर्षपछि आयो फेरि कुनै जादु

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७७, सोमबार

काठमाडौं । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ। २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा आएको हो। अमेरिकामा रहँदै आएका व्याण्डका भोकलिष्ट प्रइन सिंहले लकडाउनको समयलाई सदुपयोग गर्दै स्टुडियोमा एक्लै बसेर कुनै जादु बोलको सो गीत यत्तिकै पियानो बजाएर गाई साथीहरुलाई पठाउँदा सबैले मन पराई पियानोमा त झनै राम्रो सुनियो भन्दै सार्वजनिक गर्न सल्लाह दिएपछि उनले पियानोको भरमा गाएको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन्। यो गीत पहिला नसुनेका मानिसहरुले पनि कस्तो राम्रो भनेपछि प्रइनसँगै व्याण्डका सदस्यहरु उत्साहित हुँदै युट्युबमार्फत लिरिकल भिडियोका रुपमा यसको नयाँ भर्सन सार्वजनिक गरिएको हो।

२० वर्षअगाडि चलेका गीत नयाँ पुस्तालाई पनि सुनाउनु पर्छ भनेर युट्युबमा नयाँ भर्सन अपलोड गरेको भोकलिष्ट प्रइनले सुनाए। यो गीत द भाइब्ज व्याण्डका भोकलिष्ट प्रइनको पहिलो कम्पोजिशन थियो। प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रुपमा कार्यरत छन्। उनको दाजुभाई नै संगीतकर्मी हुन्। उनका दाई मनोज सिंह ग्रामी अवार्ड मनोनयनमा पर्न सफल संगीतकर्मीसमेत हुन्। द भाइब्ज व्याण्डका हरेक गीतमा मनोजले नै बाँसुरी वादन गर्दै आएका छन्। २ दशकअघिको यो गीत अर्चना श्रेष्ठले रचना गरेकी हुन्। सगीत पनि प्रइनको हो।

द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो। व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो। पहिलो एलबमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कु¥यो र सन् २०१३ मा दोस्रो एलबम को हुँ म बजारमा ल्यायो। पहिलो एलबम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए।

व्याण्डका यी तीन युवा अहिले नेपालदेखि अमेरिकाका विभिन्न प्रतिष्ठित क्षेत्रमा संलग्न छन्। व्याण्डका ड्रमर कामना न्यूज पब्लिकेसन्स्का सिइओ र प्रवन्ध सम्पादक हुन् भने भोकलिष्ट प्रइन सिंह अमेरिकाको क्लालिफोर्नियास्थित हटमेल डट कममा इन्जिनियर छन्। त्यसैगरी गितारिष्ट रुपक लामा उत्तरी क्यालिफोर्नियाको रेष्टुराँ उद्यमीका रुपमा स्थापित छन्। व्याण्डले खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्पmत समेत ख्याति आर्जन गरिसकेको छ। यसका साथै उत्कृष्ट सांगितीक सिर्जनाहरुका कारण हिट्स म्युजिक अवार्ड, इमेज अवार्डजस्ता सांगितीक अवार्ड चुम्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु