म्यूजिक भिडियोमा नयाँ अनुहार : कल्पना र कस्तुप

म्यूजिक खबर
प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

काठमाडौं । विदेशी भूमीमा कर्मथलो बनाएका परदेशीहरुलाई आफ्नो देश र संस्कृतीको यादले निकै सताउँछ । अझ दशैं र तिहार जस्तो ठुला चाडपर्वमा त झन याद नआउने कुरै भएन । यस्तै प्रसंग समेटिएको नयाँ तिहार गीत ‘याद आयो’ सार्वजनिक भएको छ ।

परदेशीले घरदेश र सपरिवारलाई सम्झेको कथावस्तुमा तयार पारिएको यस गीतमा हरिराम बिसी, कमल चापागाईं र छायाँ मगरको स्वर रहेको छ । बिरेन्द्र ढकालको शब्द रहेको गीतमा मदन ढकालको संगीत रहेको छ भने अर्जुन थापा मगरले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा केदारनाथ काप्री, भिमसेन नेपाली, कल्पना दाहाल अधिकारी र अमृताको अभिनय रहेको छ । त्यस्तै बालकलाकारको आशुतोष अधिकारी, कस्तुपराज अधिकारी सदिक्षा खनाल र कृष्टिना ढकालले अभिनय गरेका छन् । उदय पौडेलले निर्देशन गरेका हुन् । मरुभूमी नारायणको छायांकन रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु