बडादशैँमा छोरोको पर्खाइमा “टिका मञ्चन” हुने

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७६, बुधबार

काठमाडौं । ऐक्य हेभन अफ आर्टको प्रस्तुतिमा नाटक “टिका मञ्चन” हुने भएको छ । नेपालीहरुको महान् पर्व बडादशैँमा छोरोको पर्खाइमा बसेकी बुढि आमा अनि श्रीमती र छोराछोरीहरुको पिडा नाटकमा हेर्न सकिने छ । यहि भाद्र २० गते देखि हुने उक्त नाटकमा नेपाली युवाहरु विदेश पलायन हुँदा अथवा मुग्लान जानु पर्दा र भोग्नु परेको पिडालाई प्रश्तुत गरिने भएको छ । नाटकमा श्रवण रानामगर, दिपेश काफ्ले, विनीता गुरुङ्ग, सारदा अधिकारि, राजकमल फकिर, सविन भट्टराई, न्युहँज महर्जन, मणिराज पौडेल, आनन्द महतको अभिनय रहने भएको छ । नेपाली युवाहरु बिदेश जानुपर्ने बाध्यतामा निमार्ण भएको नटक भिमनिधी तिवारीको लेखन रहेको टिकालाई संगित सापकोटाले निर्देशन गर्ने छन् । दिलिप खड्काले प्रोडक्सन डिजाईन गरेको टिका काठमाडौंको थापागाउँस्थित कुन्ज नाटक घरमा यहि भाद्र २० गतेदेखि ३१ गतेसम्म नियमित हनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु