• टिका प्रसाई र जनक विवशको स्वरमा ‘यसरी नाचौला’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ श्रावण २०७७, मंगलवार

    काठमाडौँ – मौलिक लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक जनक विवश न्यौपाने र गायिका टिका प्रसाईँ को आवाजमा ‘यसरी नाचौला” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

    ग्रामिण समाज भित्रको मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा आफनी प्रेमीकालाई आफनो बनाउनको लागी गीतमा विभिन्न तरिकाले प्रेमका भावहरु व्यक्त गरिएको छ । जिवनमा आफुले पनी जिवनमा निरन्तर साथ दिने कुरा गायिकाले गरेकी छन । अंकित डिसीको शब्द तथा संगीत सिर्जना गीतमा रहेको छ ।

    दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ‘यसरी नाचौला ’ गीतको भिडियोमा पुजन घिमिरे,अवि वाग्ले , अर्चना श्रेष्ठ र प्रोमिन्जल भटटको नृत्य तथा अभिनय रहेको छ । ‘यसरी नाचौला ’ गीतको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु