टीका प्रसाईले वीरेन्द्र श्रेष्ठलाई भनिन्– पिरती नाप्ने के ले हो ?

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७६, बिहीबार

काठमाडौं । चर्चित गायिका टीका प्रसाई र गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठको आवाजमा रहेको रोमान्टिक गीत पिरती नाप्ने के ले हो ? सार्वजनिक भएको छ । ई.बीरेन्द्र श्रेष्ठले गायन र ईन्जितिररिङ क्षेत्र दुबैमा उतिक्कै सक्रिय छन् ।

सार्वजनिक गीतमा नायिका रिस्ता बस्नेत र सन्जिब थेबे लिम्बुलाई देखाइएको छ । गायक ई। बीरेन्द्र श्रेष्ठ साथै चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको गितमा संगीतकार दिपकराज विश्वकर्माले संगीत भरेका छन् । गीतको शब्द सृजना रबीन स्वप्निल गिरीको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीति भिडियोमा सन्जिब र रिस्ताको रोमान्टिक नृत्यले श्रोताको ध्यान खिच्छ । रफ, टफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु