• आफ्नै शब्द, संगीतमा टिकाले गाइन् नरेनसँग ‘आश छ र त’

    म्यूजिक खबर
    प्रकाशित: २ पुष २०७९, शनिबार

    काठमाडौं । लोकप्रिय गायिका टिका प्रसाईं र गायक नरेन कुलुङको आवाजमा ‘आश छ र त’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायिका टिका प्रसाईंकै शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् ।

    गीतको भिडियोले माया प्रतिको आशा र बिश्वास दर्साउन खोजेको छ । भिडियोमा गायिका प्रसाईं र गायक नरेनलाई नै देख्न सकिन्छ । भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । सनम तामाङको छायांकन रहेको भिडियोको सम्पानदन अर्जुन खड्काले गरेका हुन् ।

    भिडियो गायिका प्रसाईंकै अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
    टिका प्रसाइका तिमी मलाई मन पर्छ, नतोड न, एउटा कुरा भनुँ,माया लुकीलुकी केही हुन्न भेट हुदैमा कर्के नजर,नाइ मलाइ था छैन लगायतका गीतले दर्शकको मन जितीसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु