चर्चित गायिका टिका प्रसाइ र राजेन्द्र बजगाईंको ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७६, आईतवार

काठमाडौं । गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी.पी. खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसार्इले साथ दिएकी छिन । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

करिब ५०० भन्दाबढी गीतहरुमा संगीत भरिसकेका गायक, संगीतकार बजगाईंको स्वर एबम संगीत रहेकाधेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु