• टीका प्रसाई र कृष्णको ‘पुर्याईदिउँला ट्रेण्डिङमा’

    म्यूजिक खवर
    प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

    काठमाडौ । गायिका टीका प्रसाई र गायक कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पुर्याईदिउँला ट्रेण्डिङमा’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा डीपी खनालको शब्द रहेको छ भने सोही गीतमा विश्वार अधिकारीकोे सङ्गीत तथा सङगीत संयोजन रहेको छ । ‘पुर्याईदिउँला ट्रेण्डिङमा’ बोलको गीतको भिडियोलाई सविन किश्वार मैनालीले निर्देशन रहेको छ र सोही गीतको भिडियोमा शैलेस हमाल, सञ्जु भण्डारी, रिया शर्मा, गौरव घिमिरे, मनिल पुरीको अभिनय रहेको छ । उक्तद गीतको भिडियोे अष्ट्रेलियामा छायाँकन गरिको हो भने सोही गीतकलाई ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । विप्लव अधिकारीले मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई शैलेस हमालको कोरियोग्राफी रहेको छ भने सोही गीतको भिडियोलाई सविन किश्वार मैनालीको छायांक्न तथा सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु