• गायिका टिका पुनको आवाजमा ”कसम ” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७७, सोमबार

    काठमाण्डौं ।
    नेपाली लोक गीत संगीतको क्षेत्रमा सक्रिय गायक राजु अर्याल र गायिका टिका पुनको आवाजमा रहेको निकै मार्मिक गीत ”कसम ” गीतको भिडियो युनिक भिजन मार्फत सार्वजनिक भएको छ ।गीतको भिडियोमा रश्मी शाक्यले लगानी गरेकी हुन । बजारमा मौलिक गीत संगीतहरु कम मात्रामा आइरहेको अवस्थामा मौलिक सिर्जनालाई बजारमा ल्याएको उनले बताइन ।

    मिलन पछिको बिछोड लाई गीतमा समावेश गरिएको छ । आफुले प्राण प्यारी मानी प्रेम गरेकी प्रेमिकालाई गुमाउनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । जीव जिबनमा उकाली ओराली गर्दै आफ्नी प्रेमीकासँग विछोड हुनु पर्दा कारण भोगाईलाई समेटिएको छ । गीतमा गायिकाले आफनो सपनाको राजकुमार आफनो प्र्रेमीलाई मानेको कुरा गीतमा गरिएको छ । राजेश पौडेलको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ ।

    मुकेश हुमागाईँको छायाँकन , मनोज कार्कीको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा छ । ”कसम ” गीतको भिडियोमा दिनेश थापा , सारिका केसी , हरि कार्कि , सुजता देवान , अजय सिटि , टिका थापा मगर र अनिता पौडेलको अभिनय रहेको छ ।
    ”कसम ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु