गायिका टिका सानुको आवाजमा“भाले मर्यो पोथी लाइ पिर पर्यो“ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७६, आईतवार

आर पोखरेल , काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीत संगीतमा निकै रुचाइएकी गायिका टिका सानु , संगीता धलानी मगर र गायक दिल्ली राज डाँगीको आवाजमा मौलिक लोकदोहोरी “भाले मर्यो पोथी लाइ पिर पर्यो “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
प्रेमिल मनका शब्दलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । डिल्ली राज डाँगी र निलम खड्काको शब्द तथा डिल्ली राज डाँगीको लय सिर्जना गीतमा रहेको छ । मायामा हुने त्याग र समपर्णलाई गीतमा समावेश गरिएको छ । प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “भाले मर्यो पोथी लाइ पिर पर्यो “गीतको भिडियोमा रिना थापा मगर , प्रदिप वली र प्रतिभा वलीको अभिनय रहेको छ ।

“भाले मर्यो पोथी लाइ पिर पर्यो “गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु