गायिका टिका प्रसाईंको ‘खुद्राखुद्री माया’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७७, मंगलवार

काठमाडौं । चर्चित गायिका टिका प्रसाईंको आवाजमा ‘खुद्राखुद्री माया’ बोलको गीत सार्वजनिक भएको छ । अविनाश राईको शब्द तथा संगीत रहेको उक्त गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

गीतको भिडियोमा जाजी मगर र सागर राना मगरको नृत्य तथा अभिनय रहेको छ । अनुप चापागाईंको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । म्यूजिक आई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु