सांगीतिक जोडी टिका-लेखराज, भन्दैछन्-‘नसकिने भो’ ! भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०७६, मंगलवार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका थुप्रै सांगीतिक जोडी छन् जो वास्तविक जिवनका पनि जोडी नै रहेका छन् । कुन्ती मोक्तान–शिलाबहादुर मोक्तान, उदय सोताङ–मनिला सोताङ, रामभक्त जोजिजु–इतु जोजिजु, माण्डवी त्रिपाठी–विपिन आचार्य, रामचन्द्र काफ्ले–जुनु काफ्ले । यस्ता थुप्रै जोडीहरु संगीतमा सहकार्य गरिरहेका छन् र सफल पनि बनेका छन् ।

यस्तै पछिल्लो समयमा सांगीतिक जोडीका रुपमा गायिका टिका प्रसाईं र लेखराज गुरुङले पनि सहकार्य गरेका छन् । यतिबेला यो दम्पतीको सहकार्यमा ‘नसकिने भो’ बोलको गीत सार्वजनिक भएको छ । गायिका टिका प्रसाईको शब्द संगीतमा तयार भएको यस गीतमा लेखराज र टिकाले आवाज दिएका छन् । उक्त गीतको एरेन्ज भने उदयराज पौडेलले गरेका छन् ।

कार्टुन क्रुका सरोज अधिकारि, आस्मा विश्वकर्मा लगाएतका कलाकारहरु र बाल कलाकार संस्कार गुरुङ र आशिना भट्टराईले अभिनय गरेको उक्त भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् ।

टिका प्रसाईं पछिल्लो समयका चर्चित र व्यस्त गायिका रुपमामा गनिएकी छन् भने गायक लेखराजको यो पहिलो रेकर्डेड गीत हो । टिकाको नाइ मलाई थाहा छैन, माया लुकीलुकी, कर्के नजर लगायतका गीत निकै हिट भएका छन् । गायक लेखराजको भने यो पहिलो म्युजिक भिडियो रहेकोले निकै उत्साहित रहेको गायक बताउछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु