गायिका टीका प्रसाईंको ‘तिमी साथ भएपछि’ गजल सार्वजनिक, भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: १ जेष्ठ २०७६, बुधबार

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका टीका प्रसाईंको हालै ‘तिमी साथ भएपछि’ गजल सार्वजनिक भएको छ । यस गीतमा गीतकार शुरेस वाग्लेको शब्द, संगीतकार हरी लम्सालको संगीत र गोपाल रसाइलीको संगीत–संयोजन रहेको छ ।

भर्सटायल गायिका प्रसाईंको यस अघि पनि धेरै क्लासिक, सेमिक्लासिक, आधुनिक, फिल्मी तथा डान्सिगं गीतहरु सार्वजनिक भएका छन् । पछिल्लो समयमा गायिका प्रसाईंको सर्वाधिक रुचाइका गीतहरु ‘माया लुकी लुकी’ ‘नाईं मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’ जस्ता दर्जनौं गीतहरुले करोडौं श्रोता दर्शकहरुको मन जित्न सफल भएकी छन् ।

‘तिमी साथ भएपछि’ गीतमा पल शाह, आँचल शर्मा र गायिका स्वयंको अभिनय रहेको छ । भिडियोमा अर्जुन अधिकारीको डाइरेक्सन, उत्सव दाहालको क्यामेरा र राजेश शाहको एडिटिंग रहको छ ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु