सहकार्यमा निरन्तरता दिंदै टिका र सञ्जिवले ल्याए ‘अलि अलि गर्दै’ ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७५, शुक्रबार

असार १५, काठमाडौं । पछिल्लो समयमा गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको सहकार्यलाई निकै नै रुचाइएको छ । एकपछि अर्को हिट गीत लिएर आउने यो सांगीतिक जोडीको गीत ‘अलि अलि गर्दै’ सार्वजनिक भएको छ ।

गीतमा गायिका टीका प्रसाईंकै शब्द संगीत रहेको छ भने संगीत–संयोजन रिकेश गुरुङ्गको रहेको छ । सुमधुर गायनमा अब्बल यी सांगीतिक जोडी दर्शक श्रोतामाझ दिन दिनै लोकप्रिय हुँदै गइरहेका छन् ।

गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको ‘संग संगै’ एल्बममा समावेश यो गीत तेश्रो रहेको छ । यसै एल्बमका गीतहरु ‘तिमी मलाई मन पर्छ ‘एउटा कुरा भनुँ’ र ‘नाइँ मलाई थाहा छैन’ पहिले नै सार्वजनिक भई सकेका छन् । गायिका प्रसाइँको ‘माया लुकि लुकि’ केहि हफ्ता अघि सार्वजनिक भई हाल चर्चाको शिखरमा पुगेको छ । गायक तथा गायिकाको केहि महिना अघि सार्वजनिक भएको गीत ‘पहिलो भेटैमा’ले पनि राम्रै चर्चा बटुल्न सफल भएको छ ।

गीतको भिडीयोमा राजु कान र अलिशा कटवालको रोमान्स हेर्न सकिन्छ । भिडीयोलाई राजु कानले निर्देशन गरेका हुन् भने दृश्य सम्पादन र कलरिंग प्रविन श्रेष्ठले गरेका हुन् । ब्ल्याक आइ क्रिएशनको प्रोडक्सनमा तयार गरिएको यस भिडीयोमा छायाँकार कृष्ण सुवेदी, सुदिप बिष्ट र नेत्र गुरुङ्गले गर्नु भएको छ । गीतमा अष्ट्रेलियाको ब्रिसबेन र नेपालको पोखराको दृश्यहरु देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु