समाज सुद्धिकरण गर्ने गीत ‘स्वास्नी पिडित’ को चर्चा र सफलता

म्यूजिक खबर
प्रकाशित: १५ श्रावण २०७६, बुधबार

काठमाडौं । आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा ‘स्वास्नी पिडित’ बोलको गीत सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै चर्चा पनि बढ्दो छ । सार्वजनिक भएको २ दिनमा नै गीतले २ लाख बढी दर्शक कमाएको छ भने ट्रेण्डिङमा पनि पर्न सफल भएको छ ।
गीतमा पछिल्लो समयकी चर्चित गायिका टिका सानु र गायक शिव परियारको स्वरमा स्वर रहेको छ । सिताराम परियारकोे लय शब्द रहेको ‘स्वास्नी पिडित’ ले पछिल्लो समयको वास्तविकतालाई चित्रण गरेको छ । गीतले समाजको दोश्रो विवाह गरी दुई घरलाई नै बिगार्ने किसिमको फोहोरीपनलाई केहि अर्थमा सुद्धिकरण गर्न सक्नेछ ।

पछिल्लो समयमा निकै चर्चित गायिका टीका सानु र शिव परियारको स्वरमा सार्वजनिक भएको मोडलिङमा भने सिताराम परियार, टीका सानू, शिव परियार देखिन्छन् ।

नेपाली समाजमा पछिल्लो समय घटिरहेको घटनालाई म्यूजिक भिडियोमा उतारिएकोले दर्शकको मन जित्ने विश्वस गरेका छन् सितारामले ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु