टाइम्स स्क्वायरको उद्घाटनमा दुई दिनसम्म लाइभ कन्सर्ट

म्यूजिक खबर
प्रकाशित: ३२ जेष्ठ २०७६, शनिबार
Times Restaurant

काठमाडौं । बालुवाटारमा सञ्चालनमा आएको टाइम्स स्क्वायर रेष्टुरेन्टले ग्राण्ड ओपनिङको अवसर पारेर रेष्टुरेन्टकै परिसरमा दुई दिनसम्म सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

टाइम्स स्क्वायर रेष्टुरेन्टले जारी गरेको विज्ञप्ती अनुसार यही असार ६ गते शुक्रवार तथा असार ७ गते शनिवार लोकप्रिय संगीतकर्मीहरुसहित लाइभ कन्सर्ट कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विभिन्न रमाइला खेलका कार्यक्रमसहितको ग्राण्ड ओपनिङ कार्यक्रम अन्तर्गत दुबै दिनको कार्यक्रम दिउँसो २ बजेदेखि प्रारम्भ हुनेछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत दिउँसो २ बजदेखि साँझ ६ बजेसम्म विभिन्न रमाइलाका कार्यक्रमहरुसहित म्युजिक प्ले तथा डिजे सेसन सञ्चालन गरिने छ । त्यसक्रममा लोकप्रिय डिजेहरुले बजाउने अत्याधुनिक संगीतमा नृत्य गर्न सकिने छ ।

असार ६ गते शुक्रवार साँझ ७ बजेदेखि ९ बजेसम्म सांगीतिक समुह ‘द इन्नोभ एट ब्याण्ड’ ले लाइभ कन्सर्ट प्रस्तुत गर्नेछ । त्यही दिन राती ९ बजेपछि लोकप्रिय गायक एड्रिन प्रधान तथा द कलेक्टिभ ब्याण्डले आफ्ना लोकप्रिय गीत–संगीतहरु प्रस्तुत गर्नेछन् ।

दोस्रो दिन अर्थात असार ७ गते शनिवारको कार्यक्रम पनि दिउँसो २ बजेदेखि नै प्रारम्भ हुनेछ । डिजे सेसनपनि ‘द रिलोडेड ब्याण्ड’ ले शनिवार साँझ ६ः३० बजेदेखि राती ९ बजेसम्म आफ्नो प्रस्तुती दिनेछ ।

शनिवार राती ९ बजेपछि लोकप्रिय गायक अनिल सिंहले आफ्नो प्रस्तुति दिने छन् । करिव सवा घण्टा लामो कन्सर्टका क्रममा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीत–संगीतमार्फत उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । गायक सिंहको प्रस्तुतीपछि समारोहस्थलमा डिजे सेसन सञ्चालन गरिने टाइम्स स्क्वायर रेष्टुरेन्टले जनाएको छ । दुई दिने उक्त कार्यक्रममा रेष्टुरेन्टले फूड तथा बेभरेजमा ३० प्रतिशतसम्म डिस्काउन्ट गर्ने जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु