‘तिम्रो त यो दुनियाँ छ’: लामो समयदेखी ट्रेण्डिङमा, कमेण्टमा तारिफ

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०८०, बुधबार

पैसासँग बैंश साट्यौ
सोझो रुखको जरै काट्यौ
तिम्रो त यो दुनियाँ छ
मै दुखीको को छ मायालु

लोकप्रिय गायक खेम सेन्चुरी र पुजा परियारको स्वरमा रहेको यो गीत अहिले युट्युब ट्रेन्डिङमा छ। गीतलाई दर्शक श्रोताको राम्रो साथ मिलेको छ ।
१५ दिन अघि पुष १० गते मंगलबार सार्वजनिक गरिएको यो गीतले २ दिनमै ट्रेण्डिङको यात्रा शुरु गरेको हो । १९ औं स्थान हुँदै पाचौं स्थानसम्म आइपुग्न सफल भएको थियो । रिलिजको दुई हप्ता पुग्दासम्म ट्रेण्डिङबाट पछि हटेको छैन ।
झण्डै १८ लाखले हेरिसकेको यो गीत यद्यपी ट्रेण्डिङको २३ औं स्थानमा रहेको छ ।
गीतको भिडियोले भ्यूज मात्रै कमाएको छैन । कमेण्टमा तारिफ पनि उतिकै गरिएको छ । दिपक पोखरेलको मनछुने शब्द रचना रहेको गीतलाई अनिस दवाडीको संगीतले न्याय गरेको छ ।

गीतको अडियो जस्तै भिडियो पनि प्रंशनिय बनेको छ । विशाल घिमिरेको निर्देशन रहेको यो गीतमा देवेन्द्र बब्लु रिना गुरुङ , राम बहादुर छन्त्यालको अभिनय देख्न सकिन्छ। कमेण्टमा धेरैले देबेन्द्रको जीवन्त अभिनयको पनि तारिफ गरेका छन् ।

राम केसिको छायाँकन तथा सुजन कोईरालाको सम्पादन रहेको छ । शम्भु कुवँरको प्रस्तति रहेको गीतको भिडियोालाई शुभारम्भ डिजिटल म्यूजिक मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु