• क्या.पूर्णलाल थकालीको नेतृत्वमा तीन गाउँले थकाली सेवा समाज, आमा समूहमा सीता थकाली निर्विरोध

    म्यूजिक खबर
    प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार

    काठमाडौं । तीन गाउँले थकाली सेवा समाजको १८ औं वार्षिक साधारणसभा एवं छैटौं अधिवेशनबाट क्या.पूर्णलाल थकालीको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । तीन गाउँले थकाली सेवा समाजको स्वयम्भूस्थित आफ्नै भवनमा आयोजित भेलाबाट क्या.थकालीले छैटौं कार्यकालको लागि नेतृत्व सम्हालेका हुन् । समाजको अध्यक्षमा क्या.पूर्णलाल थकाली, उपाध्यक्षमा मंगल थकाली, सचिव लक्ष्मण थकाली र कोषाध्यक्षमा शान्ति थकाली निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा गोम प्रसाद थकाली, डा.कविर थकाली, सन्तकारी थकाली निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै समाजको सल्लाहकारहरुमा संस्थापक अध्यक्ष हरिबहादुर थकाली, निवर्तमान अध्यक्ष छिरिङप्रसाद थकाली र डा.शैलेन्द्र थकाली चयन गरिएको छ ।

    त्यसैगरी तीन गाउँले थकाली सेवा समाजको आमा समूहको अध्यक्ष सिता थकालीको समूह निर्विरोध निर्वाचित भएकी छन् । आमा समूहको उपाध्यक्षमा सुष्मा थकाली, सचिव शितल थकाली, कोषाध्यक्षमा लाली थकाली चयन भएका छन् भने सदस्यहरुमा मिना मोक्तान थकाली, चन्द्राकला थकाली र मनिषा तामाङ थकाली चयन भएका छन् । सल्लाहकारहरुमा सांसद श्रीमाया थकाली, राम माया थकाली, शरम थकाली चयन भएका छन् ।

    तीन गाउँले सेवा समाजका अध्यक्ष छिरिङ प्रसाद थकालीको सभापतित्वमा भएको उक्त साधारणसभामा सांसद श्रीमाया थकालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरु सञ्जय थकाली, अशोक थकाली, मीमबहादुर थकाली, जेष्ठ नागरिक मानबहादुर थकाली, आमा समूह अध्यक्ष शरम थकाली र राममाया थकालीको विशेष आतिथ्यता रहेको थियो । सोही अवसरमा समाजको भवन निर्माणका लागि सहयोग पु¥याउने अमेरिका निवासी किरण थकाली, आदेश चकीथिन थकाली, पदमकुमार थकाली र तल्लो भेगमा बस्ने ठिनी समाजलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रम समाजका सदस्य बादल थकालीले संचालन गरेका थिए । कार्यक्रममा मनिलाल थकालीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने आमा समूहको तर्फबाट सचिव विमा थकालीले प्रस्तुत गरेकी थिइन् । साधारणसभामा उपस्थित अतिथिहरुलाई समाजको सहसचिव शान्ति थकालीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा समाजसेवी सञ्जय श्रेष्ठ र प्रमिला थकालीले ५५ हजार रकम रुपैयाँ समाजको कोष बृद्धिका लागि सहयोग हस्तान्तरण गरेका थिए ।

    तीन गाउँले थकाली सेवा समाज शाखा कार्यालय काठमाडौंले नयाँ वर्षसँगै आएका चाडहरुलाई मनाउँदै आएको छ । पितृहरुलाई सम्झने चाडका रुपमा त्युङ्ल्हा पर्व तीन दिनसम्म मनाउँदै साधारणसभाको अवसरमा शुभकामना आदान प्रदान समेत गरेका थिए । तीन गाउँ थकाली सेवा समाज मुस्ताङको तीन गाउँ ठिनी, स्याङ र चिमाङ स्थायी घर भइ काठमाडौंमा बसोबास गर्ने थकालीहरुको सामाजिक संस्थाको रुपमा स्थापित संस्था हो ।




    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु