तीर्थराज आचार्यको ‘म त नेपालमा जन्मे मेरो जात नेपाली’

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार

काठमाडौं । गीतकार तीर्थराज आचार्यको शब्द सिर्जनामा देशभक्ति गीत ‘म त नेपालमा जन्मे मेरो जात नेपाली’ सार्वजनिक भएको छ । मुलुकमा राष्ट्रियताको खडेरी परिरहेको बेला गीत सार्वजनिक भएको हो । एकातिर सीमा विवाद कायमै छ भने अर्कोतिर जातीय विभेदको कारण ६ जनाको हत्या–काण्डले मुलुकको राष्ट्रियता कमजोर भइरहेको छ । लकडाउनको समयलाई पनि वेवास्ता गर्दै राष्ट्रियता जोगाउने अभियानमा गीतकार तीर्थराज आचार्य लगायतको समूह लागि परेको छ ।

गीतमा राजु परियार, माण्डवी त्रिपाठी, सूर्य थुलुङ, सरु गौतम, कमला त्रिपाठीको स्वर रहेको छ । विपिन आचार्यको संगीत तथा संगीत संयोजन रहेको गीतलाई माण्डवी त्रिपाठीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत, कविता लेखनमा निरन्तर सक्रिय रहँदै आएका गीतकार तीर्थराज आचार्य संगीतका विपिन आचार्यका बुबा एवं गायिका माण्डवी त्रिपाठीका ससुरा हुन् । पारिवारिक पृष्ठभूमि नै सांगीतिक भएका कारण लकडाउनमा पनि काम गर्न सजिलो भएको हो संगीतकार आचार्यले बताए ।
गीतको म्यूजिक भिडियोलाई दिपक जोशीले छायाँकन तथा निर्देशन गरेका छन् भने सदिश जोशीले सम्पादन गरेका छन् । गीतलाई एमबी म्यूजिकले बजार व्यवस्थापन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु