को बन्ला ‘उत्कृष्ट पप गायक–२०२१’

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७८, बिहीबार

काठमाडौं । नवौं ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०२१’ को मनोनयन सार्वजनिक भएको छ । आगामी मंसीर २४ गते सम्पन्न हुन गइरहेको अवार्डका लागि सर्वोत्कृष्ट पप गायक विधाका लागि गायकहरु चिरन्जीवी भण्डारी, सन्जीव पराजुली, शैलेन्द्र मुडभरी, देब तण्डुकार र सन्दिप न्यौपाने मनोनयनमा परेका छन् ।

सांगीतिक क्षेत्रमा स्थापीत भई ख्याती कमाएका गायकहरु निम्न गीतबाट मनोनयमा परेका हुन् ।

चिरञ्जीवी भण्डारी – बदमास -MKA 011
सञ्जिव पराजुली -कहिलेसम्म -MKA 012
शैलेन्द्र मुठभरी -घुम्न जाउँ न -MKA 013
देव तण्डुकार -सक्दिनँ म -MKA 014
सन्दिप न्यौपाने -ओक्कल दोक्कल -MKA 015

मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।

अवार्डमा विविध ४२ विधाका कलाकारहरुले अवार्ड उचाल्नेछन् ।

भोटिङ गर्नको लागि MKA स्पेस दिएर आफ्नो भोटिङ कोड टाइप गरेर ३१००७ मा पठाउन सकिन्छ । अर्थात् प्रभु पे एप डाउनलोड गरि अर्थात ग्लोबल अनलाइन पे मार्फत आफूलाई मन परेको विधामा भोट गर्न सकिन्छ ।

 

नवौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु