• ट्रेण्डिङ्गको उकालो यात्रामा ‘क्लियर कट’ : मख्ख टिम

    म्यूजिक खबर
    प्रकाशित: ३१ असार २०८०, आईतवार

    काठमाडौं । दुई दिन अगाडि रिलिज भएको ‘क्लियर कट’ बोलको गीत यतिबेला ट्रेण्डिङ्गको १७ औं नम्बरमा रहेको छ । सार्वजनिक गरिएको २४ घण्टा नवित्दै गीत ट्रेण्डिङमा प्रवेश गरेको थियो । । धेरै लामो समय पछि रिलिजको २४ घण्टा नवित्दै गीत ट्रेण्डिङ्गमा परेको हो ।
    लोकपप शैलीको गीत टिकटक तथा अन्य सामाजिक सञ्जालमा समेत चर्चित बनिसकेको छ ।

    सार्वजनिक गीतमा डिपी खनालको शब्द, योगेन्द्र उपाध्यायको संगीत र शंकर थापा स्माइलको स्वर र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

    गीतको भिडियोलाई कार्टुन क्रुजले निर्माण गरेको हो । सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा पवन सुस्लीङको छायाँकन र सरोज अधिकारीकै सम्पादन रहेको छ । सविन भण्डारी र अनुस्का श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा एञ्जेल राई, पुर्वि सेन, आदर्श गहतराज, योगेश भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु