ट्रेण्डिङमा रहेको एकमात्र नेपाली गीत ‘सेल्फी हानौंला’

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७९, आईतवार

काठमाडौं । पछिल्लो समय गीतसंगीतको सफलता भिउज र ट्रेण्डिङलाई जोडेर हेर्ने गरिएको पाइन्छ । गीत ट्रेण्डिङमा पर्नुले सम्बन्धीत स्रष्टा सर्जकको करिअरमा पनि सहजता र विश्वसनियता बढाउँछ । यसर्थ पनि ट्रेण्डिङप्रति कलाकार र मिडियाले सफलताको रुपमा चर्चा गरेको पाइन्छ ।

यहि क्रममा यतिबेला नेपालको ट्रेण्डिङमा परेका भिडियोहरुलाई हेर्ने हो भने एउटा मात्र नेपाली गीत ट्रेण्डिङमा पर्न सफल भएको छ । गीत हो ‘सेल्फी हानौंला’ । गीतमा शंकर थापा ‘स्माइल’ र ममता गुरुङको स्वर रहेको छ । गीतमा डिपी खनालको शब्द रचना तथा शंकरको नै संगीत रहेको छ । डिजे आरबि (रबि महर्जन) ले गीतलाई एरेन्ज गरेका हुन् ।

यो समाचार तयार पारिरहेको समयमा ट्रेण्डिङमा यो नै एकमात्र नेपाली म्यूजिक भिडिायो हो । राजनीति गतिविधी, धारबाहिक ऋंखला, हिन्दी भाषाका गीत चलचित्रका टेलर, मनोरन्जका अन्य विधाहरु समेटिएका भिडियोहरु ट्रेण्डिङमा रहेका छन् । अन्य गीतहरु संगीत तर्फबाट ट्रेण्डिङमा छन् ।
दुई दिन अघि द कार्टुन क्रुज युट्युब च्यानलमा अपलोड गरिएको यो गीतले यतिबेला सवा ३ लाख बढी दर्शक, श्रोताको माया पाइसकेको छ ।
गीत युट्युबको २१ नं स्थानमा पर्न सफल भएको छ ।

यो गीत यस अघि दर्शक श्रोताको माया पाएको गीत सेल्फी हानौंलाको रिमिक्स भर्सनमा आएको हो ।
गीतको म्यूजिक भिडियोमा जुनियर कार्टुन क्रुजका समुहले डान्स गरेका छन्

पवन सुस्लिङले छायांकन गरेको भिडियालाई सुरोज अधिकारीले सम्पादन गरेका हुन् । सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा कार्टुन क्रुज जुनियरको आकर्षक कोरियोग्राफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु