नेताहरुलाई खबरदारी गर्दै तृप्ति र राजानन्दको ‘ए बा भन्देऊ न’

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७९, शनिबार

यतिखेर मुलुक संसदीय निर्वाचनको तयारीमा छ । पाँच वर्ष अघि विभिन्न बाचा गरेर साँसद बनेका धेरैले आफ्नो बाचा पुरा नगरीकन पुनः भोट माग्न आएका छन् । तिनै साँसद तथा उम्मेदवारहरुलाई खबरदारी गर्दै ‘ए बा भन्देउन’को भिडियो बजारमा आएको छ ।

‘ए बा भन्देउन’लाई गायिका तृप्ती खड्का र गायक राजानन्द मान्डब्यले स्वर दिएका छन् । गीतको शब्द तथा संगीत राजानन्द मान्डब्यकै रहेको छ ।

हिजोका दिनमा नेताहरुले विभिन्न आश्वासन दिएको र त्यो आश्वासनलाई पुरा नगरेको भन्दै यो गीत मार्फत गायक गायिकाले नेताहरुलाई खबरदारी गरेका छन् । यो गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । यो गीतको भिडियो समसामयिक दृष्यलाई समेटेर तयार गरिएको छ ।

गीतको भिडियोमा गायक गायिका नै प्रत्यक्ष रुपमा प्रस्तुत भएका छन् । दिपेन्द्र प्रकाश केसीको छायाँकन निर्देशन रहेको गीतको भिडियाको सहछायाँकनमा नरेश चैंसिरले सघाएका छन् । गीतको भिडियोलाई नरदम च्यानलबाट रिलिज गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु