गायक तुलसी सिवाकोटीको ‘भन्देउ मायाले’ सार्वजनिक (भिडियो )

म्यूजिक खबर
प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार
Tulsi Siwakoti

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ुभन्देउ मायालेुको म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाइ फिचारिंग गरिएको छ प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

फ्युचर क्रु चितवनमा रहेर विभिन्न सांगीतिक कार्यक्रमहरुमा नृत्य गर्दै आइरहेको चितवनको लोकप्रिय समूह हो । एक कार्यक्रमको सिलसिलामा निर्देशक प्रहिल कार्की चितवन जाँदा उनीहरुको प्रस्तुतीबाट प्रभावित भै उनीहरुलाई काठमान्डौ बोलाई म्युजिक भिडियोमा अवसर दिएका हुन् ।
लामो समयदेखि प्रवासमा रहेर नेपाली गीतसंगीतमा निरन्तर रुपमा अगाडी बढिरहेका यूरोप निवासी गायक तुलसी सिवाकोटीले युरोपको हरेक देशमा मात्र नभएर यूरोप बाहिर रहेका बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन ।

यसअघि करिब दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका गायक सिवाकोटीले कस्तो भयो होला नेपाल मेरो गाउँ गीतबाट गायन क्षेत्रमा पाइला टेकेका थिए । त्यसपछि गायक शिवाकोटीका  ‘हे माया,’ ‘तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’ ,‘प्यारी छोरी न बचाउन सके’ जस्ता गीतहरु लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायक सिवाकोटीको देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु