• सञ्चारकर्मसँगै गायनमा पनि अब्बल तुलसिंह रनपछाईं

    म्यूजिक खबर
    प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

    काठमाडौं । पेशाले सञ्चारकर्मी हुन् तुलसिंह रनपछाईं । १५ वर्षको लामो सञ्चारकर्मको अनुभव बटुलिसकेका उनी हाल डिजिटल न्यूज नेपालमा कार्यरत छन् । यति भनेर उनको परिचय पुरा हुँदैन । उनी गायक पनि हुन् । सञ्चारकर्म र गायनलाई सँगसँगै अघि बढाइरहेका छन् । सञ्चारकर्म जस्तै गायनमा पनि उतिकै जमेका छन् ।

    उनले यतिन्जेल दुई दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । ‘कति माहान छौ, ‘तिमी मेरी होइनौ सानु’ ‘बधाई’ लगाएतका गीतहरु उनका करिअरका महत्वपूर्ण गीत हुन् –जो जनजिवनमा पनि लोकप्रिय भएका छन्।

    रनपछाईंको स्वरमा यतिबेला ‘सुपारी काँचो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दुई हप्ता अघि रिलिज भएको यो गीत लोकसंगीतका पारखीहरूमाझ रोजाई बन्दै गएको छ । गीतले चर्चासँगै दर्शक÷श्रोताको माया बटुल्दै गएको छ ।

    गीतमा तुलसिंह रनपछाईसँगै गायिका सुनिता बुढा क्षेत्री, र गुल्मेली प्रकाशको कर्णप्रिय स्वर सुन्न सकिन्छ भने नेत्र अर्यालको शब्द तथा लय छ । नेत्र आफ्ना पहिलेका गीतमा झैं यस गीतमा पनि अब्बल देखिन्छन् । गीतको सङ्गीत संयोजन महेन्द्र भण्डारीले गरेका हुन् भने मिक्सिङ खड्ग बाजुरालीले गरेका हुन् ।
    स्मृति तिमल्सिना ‘गुरुआमा’को निर्देशन तथा नृत्य निर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा ओबि रायमाझी, नारायणी खत्री र सन्चिता बोलखेको अभिनय तथा नृत्य रहेको छ । करण चैसिरले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई नेत्र अर्याल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु