कलाकार र फेसन पारखीहरुको रोजाई बन्दै ‘यूबि कलेक्सन’

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०८०, बिहीबार

काठमाडौं । मानिसहरुमा फेसनप्रतिको मोह दिनप्रतिदिन बढ्दै गएको छ । फेसनमा मानिसहरुको सोख र मोह बढेसँगै ‘बुटिक’ व्यवसाय पनि फस्टाइरहेका छन् । बुटिक व्यवसायको भीडमा ‘युबि कलेक्सन’ फेसन पारखीहरुको लागि उत्कृष्ट रोजाई बन्न पुगेको छ । विगत केही वर्षयता ‘यूबि कलेक्सन’ कलाकारहरुको समेत रोजाइमा परेको छ । सामाखुसी कपुरधारामा रहेको युवी कलेक्सनकी सञ्चालक हुन्, भावना शाही ।

लोकप्रिय गायिका मन्जु पौडेल कार्यक्रममा लगाइएका पहिरन प्रायः ‘यूबि कलेक्सन’ कै डिजाइन तथा उत्पादन हुन् । मन्जु मात्रै होइन गायिका सिता केसी र रामजी खाँड पनि यूबिलाई नै फेसनको उत्कृष्ट गन्तव्य ठान्छन् । यस्तै मोडल तथा गायिका रितु तामाङ, पछिल्लो पुस्ताकी रुचाइएकी मोडल नारायणी खत्री लगायत दर्जनौं कलाकार यूबि कलेक्सन नै धाउँछन् । त्यसो त यूवि कलेक्सनको पहिरन सदाबहार नायिका करिष्मा मानन्धर जस्ता चर्चित अभिनेत्रीहरुले पनि लगाइसकेका छन् । टिकटकमा समेत युवि कलेक्सनका डिजाइनलाई हेर्न सकिन्छ । टिकटक तथा अनलाइनबाट समेत यहाँका पहिरनको माग बढ्दो छ ।

विशेषगरी यूबि कलेक्सन गाउन, पाटीवेयर, लेहेँगाजस्ता पहिरनमा चर्चित छ । त्यसका अलावा क्याजुअल र सारीलगायत अन्य बुटिकमा पाइने सबै पहिरन उपलब्ध रहेको बुटिककी सञ्चालिका तथा डिजाइनर भावना शाहीले बताइन् । देशभित्रै त छँदैछ विदेशबाट समेत युवि कलेक्सनले तयार पारेको पहिरनको माग हुने गरेको छ । कलाकार मात्रै होइन, आफूलाई स्मार्ट देखाउन चाहने सबैको लागि यूबि कलेक्सन लोकप्रिय बनेको छ । लोकप्रिय र सबैको रोजाई बन्न सफल हुनुका कारण थुपै छन् ।

–हिन्दु महिलाहरुको पर्व तीज नजिकिंदै गर्दा भावनालाई काम भ्याईनभ्याई भएको छ । पत्रपत्रिकाका लागि गरिने फोटो सुट, म्युजिक भिडियो सुट, पारिवारीक फोटोसुटलगायतका विभिन्न प्रयोगका लागि समेत युबि कलेक्सनले पहिरन तयार गर्दै आएको छ ।
–सर्वसुलभ र स्तरिय पहिरन नै युबि कलेक्सनको पहिलो विशेषता हो । आफूलाई मन परेका डिजाइनका क्याटलग अनुसार म्याच गर्ने कलर छनोट गरी ड्रेस तयार पार्न सकिन्छ ।
–डिजाइनबारे अलमलमा परेका ग्राहकलाई यहाँ कस्तोखाले कपडा म्याच गर्छ भनेर सुुझाव दिइन्छ ।
–बुटिक भन्ने बितिकै मानिसमा महंगो हुन्छ भन्ने भान हुन्छ । तर यहाँ आफ्नो बजेटअुनसार नै ड्रेस तयार पार्न सकिन्छ । कम रकम हुनेहरूका लागि पनि त्यही अनुसारको ड्रेस बनाउन सकिन्छ ।

यो विषयमा भावना आफैैंले स्पष्ट पारिन् –‘बुटिकमा कपडा सिलाउँदा महँगो पर्न जान्छ भन्ने छाप पनि कतिपयमा छ, तर खासमा त्यस्तो होइन, भावनाले भनिन्, ‘बुटिकमा पनि आफूलाई राम्रो लाग्ने डिजाइनका कपडा मिडियम रेन्जमै तयार गर्न सकिन्छ । बाहिर किन्दाभन्दा थोरै महँगो पर्ला, तर स्टाइलिस हुन्छ । ’ कलर कम्बिनेसन मिलाएर लगाउँदा साधारण कपडामा पनि महिलालाई सुन्दर देखिने भावना बताउँछिन् । ‘महँगो लगाउँदैमा राम्रो देखिन्छ भन्ने विश्वास म गर्दिनँ । ठिक्क रेन्जका डिजाइन पनि हामी बनाउँछौँ । कलर कम्बिनेसन र फिनिसिङले ठिक्क रेन्जको कपडामा पनि मानिसलाई स्मार्ट देखाउँछ, ।
–बजारमा उपलब्ध रेडिमेड कपडाको साइज सबैलाई फिट नहुन सक्छ । –कोहि स्लिम हुन्छन् त कोहि एक्स्ट्रा हेल्दी देखिन्छन् । कतिलाई टाइट लगाउन मन पर्छ त कतिलाई खुकुलो । त्यसैले फिटिङ कपडा लगाउन चाहनेहरुका लागि भनेजस्तै पहिरन तयार पारिन्छ ।
–युवि कलेक्सनका तर्फबाट ग्राहकलाई सम्मानपूर्वक ब्यवहार गरिन्छ ।
–पायक पर्ने लोकेसन । यो सामाखुसी, कपुरधारास्थित एआईएममी बैंकसँगै छ । गंगबुबाट ठमेलतर्फ जाँदा सरकारीधारा आउँछ, त्यहाँबाट कपुरधारा नपुग्दै ‘राइट साइमा’ रहेको छ – यूवि कलेक्सन । त्यसैले यो सबैको सेन्टरमा पर्छ । अर्को कारण, पार्किङ पनि हो । युवि कलेक्सनमा पार्किङको अभाव छैन । यि थुप्रै कारणले गर्दा यूबि कलेक्सन फेसन पारखीहरुको लोकप्रिय बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु