• कवि एवंगीतकार युवराज अधिकारीलाई मातृशोक

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७७, बिहीबार

    काठमाडौं । लोकप्रिय कवि एवं गीतकार युवराज अधिकारीलाई यतिखेर मातृशोक परेको छ । सूर्योदय नगरपालिका आइतबारे बजार निवासी अधिकारीकी ममतामयी आमा इन्दिरादेवी अधिकारीको ८५ बर्षको उमेरमा गत २०७७ भदौ २ गते झापाको विर्तामोडस्थित मनमोहन अस्पतालमा उपचारको अवस्थामा असमायिक निधन भएको हो । आमाको स्वर्गारोहणबाट भावविह्वल भएका गीतकार अधिकारीले लेखेका छन्– ‘आमा हजुरले हामीलाई छोडेर जानू भए पनि हजुर हाम्रो हृदयमा सदा रहिरहनुहुनेछ।हजुरको माया,ममता, स्नेह र मातृ शिक्षाबाट हुर्केका हामी सदैव हजुरको समिपमा रहेको बिश्वासमा बाच्नेछौ।हजुरको अन्तरात्मालाइ शान्ति मिलोस भनि भगवानलाई प्रार्थना गर्दौछौ।’

    साहित्यिक पत्रकार संघ (सापस)का सदस्य कवि एवं गीतकार अधिकारीका देउरालीको फूल, आँसु आफैं, आकाशको माथि माथि, विहानीको शित टेकेर, विश्वास गर, एक्लै एक्लै लगायतका दर्जनौं गीतहरु रेकर्ड भइसकेका छन् भने कविता लेखनमा पनि उहाँका दर्जनौं कविताहरु प्रकाशित छन् ।
    यस दुखद घडीमा म्यूजिक खबर परिवार दिवङगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भनी ईश्वरसंग प्रार्थना गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु