Uditnarayan Jha

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७२, बिहीबार

सविता पोखरेल


उदित नारायण झा यतिबेला उनी ६१ वर्ष पुगिसकेका छन् तर अझै पनि लाग्दछन् ३० वर्षे ठिटो । बि.सं २०१२ मंसिर १२ बिहीबार जन्मिएका झा सांगीतिक नक्षत्र नै हुन् । नेपालको सप्तरी जिल्लाको भारदह गाउँमा बुवा हरेकृष्ण झा र आमा भुवनेश्वरी देवी झाको कोखबाट जन्मेका झाले आफ्नो पुख्र्यौली थलो त्यतिबेला छाडे जतिबेला उनले स्थानीय विद्यालयबाट एस.एल.सी पास गरे । त्यसपछि अध्ययनकै लागि भनेर काठमाण्डौ जानु प¥यो । काठमाण्डौको आर.आर क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका झा नेपाली र हिन्दी प्ले ब्याक सिंगर भएर प्रख्यात छन् । झाले अन्य भाषा गीतहरुमा पनि स्वर दिएका छन् । उनले भोजपुरी, मराठी, तामिल, तेलेगु, मलायालाम, सिन्धी, पन्जावी, ओरिया, आसामिज, मैथीली, बंगाली लगायतका भाषा भएका गीतहरुमा स्वर दिइसकेका छन् । तीनपटक “नेशनल फिल्म अवार्ड”, पाँचपटक “फिल्म फेयर अवार्ड”, जितिसकेका झा स्व. राजा वीरेन्द्रबाट “प्रवल गोरखा दक्षिणबाहु”बाट सम्मानीत भए भने इण्डियाको नेसनल पुरस्कार “पद्यश्री पुरस्कार”बाट सम्मानीत पनि भए । बलिउडमा “ताल फिल्मको ताल से ताल मिला” बोलको गीतबाट उनले सताब्दीकै उत्कृष्ट गायकको उपाधी हात पारेका झाले “भिडियोकन अवार्ड”,“एमटिभी बेस्ट भिडियो अवार्ड” र “प्राइड अफ इण्डिया गोल्ड अवार्ड” समेत पाएका छन् । २५०० भन्दा बढी सुपरहिट गीतमा स्वर दिइसकेका झाले ३४ भन्दा बढी भाषाका गीतहरु गाएका छन् ।

Best of Udit Narayan
नेपाली प्ले ब्याक सिंगर हुँदै हिन्दी प्ले ब्याक सिंगर भएर काम गरेका उदित नारायण झा इण्डियामा स्थायी बसोबास गर्दै आएका छन् । रन्जना नारायण झाको बैबाहिक सम्बन्ध सुमधुर बन्न नसकेका झाले गायिका दिपा नारायणसँग दोश्रो विवाह गरेका हुन् । श्रीमती दिपा र गायक तथा टेलीभिजन उद्घोषक छोरा आदित्यका साथमा बस्दै आएका उदित नारायणको आज पनि नेपाली सांगीतिक जगतमा छुट्टै स्थान छ ।
रेडियो नेपाल मार्फत वि.सं. २०२७ सालबाट नेपाली, मैथीली र भोजपुरी भाषाका गीतहरु गाएर आफ्नो करियर शुरु गरेका थिए । शुरुवाती जीवनमा उनले रेडियो नेपाल छँदा नेपाली लोक गीतहरु गाए । वि.सं. २०३० सालमा नेपाली फिल्म सिन्दुरमा अहिले बलिउडमा पूर्णिमा भएर चिनीएकी गायीका सुष्मा श्रेष्ठसँग स्वर दिएका झाले २ वटा नेपाली फिल्म समेत खेल्न भ्याए । कुसुमे रुमाल र पिरतीमा उनी नायक भएर देखा परेका थिए । रेडियो नेपालमा आठ वर्ष काम गरेका झालाई इण्डियन एम्बेसील छात्रवृति दिएर शास्त्रीय संगीत अध्ययनका लागि भारतीय विद्या भवन जाने अवसर जुराईदियो । त्यसपछाडी उनको बलिउड यात्रा शुरु भयो ।

udit narayan jha_deepa_aditya jha
वि.सं. २०३७ सालमा हिन्दी फिल्म अनेस विसबाट बलिउडमा “प्लेव्याक सिंगर” भएर काम गरेपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । बडे दिल वाला फिल्ममा लता मंगेस्करसँग स्वर दिइसकेपछि उनले तुरुन्त “केहेदो प्यार है फिल्म”मा त्यतिबेलाका सुररस्टार गायक किशोर कुमारसँग काम गर्न पाए । तर उनको सांगीतिक उचाई र सफलता भने २०४५ मा कयामत से कयामत तक फिल्ममा काम गरे पछि भयो । उक्त फिल्मबाट उनले नेशनल फिल्मफेयर अवार्ड समेत हात पार्न सफल भए । त्यसपछि त उनले कहिल्यै फुर्सदमा बस्न पाएनन् । त्यस्तै बलिउडमा स्थापित भैकन पनि आफू नेपाली रंग क्षेत्रलाई विर्सन सक्दिन भन्ने प्रमाण सहित उनी उपहार नेपाली गीति एल्बम लिएर आफ्नी धर्मपत्नी दिपा झा सहित नेपालीसामु प्रस्तुत भए । झुम्का दे झुम्का, धुली गंगा, मा तरिनी, आइ लभ यू, दिल दिवाना ए दोस्ती, लभ इज लाइफ जस्ता हिन्दी एल्बम मार्फत प्रस्तुत भएका झाले भजन संगम र भजन बाटिका पनि श्रोतासामु ल्याएका झा आफू नेपाल र इण्डियाको मायाले यहाँसम्म आउन सफल भएको जीकिर गर्छन् । राष्ट्रियताको कुरा गर्दा नेपाल र इण्डिया जुन देश होस् दुःखमा पर्दा आफू दुःखी हुने र सुखमा हँुदा आफू पनि उत्साहित हुने बताउँछन् ।
बलिउडमै स्थापित भैकन पनि अत्यन्तै लोकप्रिय झाले नेपाल, इण्डिया र अन्य देशहरुमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने गरेका छन् । विभिन्न स्थानमा हुने भब्य तथा सभ्य सांस्कृतिक कार्यक्रमहरुमा उनले निर्णायकको भूमिका समेत गर्दै आएका छन् । जहाँ गए पनि उनी प्रतिको क्रेज आज पनि झन् बढ्दो छ । आज उदित नारायण झा हरेक नेपाली र भारतीयहरुको मन मुटुमा बस्न सफल भएका छन् ।

उनले पाएका केहि महत्वपूर्ण अवार्डहरु ः

  • Sahara Awadh Samman Awardees for 2006
  • Padma Shri, Civil Honour from Indian Government
  • Maharashtra Ratna Awards from Government of Maharashtra
  • First Mohammed Rafi awards
  • Prabal Gorkha Dakshin Bahu by the late King of Nepal Birendra Bir Bikram Shah Dev highest civil Honour
  • International Brandlaureate Personality Award from Malaysia
  • Dadasaheb Phalke Film Foundation Awards 2015
  • Dr Ambedkar awards in Mumbai 2015
  • Awarded for his exceptional performance Bhojpuri industry 2015
  • BIFA awards 2015
  • Cineyatra Film Award 2015
  • ‘Samrat Vikramaditya Sangeet Alankaran Samman 2006
  • 2nd Medscape India National Awards
  • Bhojpuri Award 2014

udit_nrayan

उनले काम गरेका चलचित्र र संगीतकारको नाम :

Laxmikant Pyarelal : Pyaar Ka MandirHumSaudagarPrem Deewane,Aashiq AwaraDil Hai BetaabTrimurtiDeewana Mastana, and many others.

Anand-Milind :  Anand-Milind , Tan-BadanQayamat Se Qayamat Tak , DilBetaRaj BabuHero No. 1Dulhe RajaAunty No. 1Hogi Pyaar Ki JeetAnjaam among others.

Nadeem-Shravan :  Baap Numbri Beta Dus NumbriJaan Ki KasamPhool Aur KaanteWaqt Hamara HaiRangDil Tera AashiqAashiquiDilwaleRajaSaajan Chale SasuralRaja HindustaniJeetMohabbat,MaharajaEk Rishtaa: The Bond of LoveYeh Dil AashiqanaaHaan Maine Bhi Pyaar KiyaHum Tumhare Hain SanamDil Hai TumhaaraSirf TumAa Ab Laut ChalenKasoorAndaazHungamaFootpathBewafaaDosti: Friends Forever.

Anu Malik: Yaar GaddarMr. and Mrs. KhiladiAkele Hum Akele TumRam JaaneMain Khiladi Tu AnariDiljaleHimalay PutraIshqHum Aapke Dil Mein Rehte Hain,RefugeeHar Dil Jo Pyar KaregaFizaBadal.

Jatin Lalit :  KhiladiYaara DildaraKhamoshiDilwale Dulhania Le JayengeJab Pyaar Kisise Hota HaiKuch Kuch Hota HaiDil Kya KareAlbelaKehtaa Hai Dil Baar BaarHum Tum etc.

Himesh Reshammiya : BandhanAamdani Atthani Kharcha RupaiyaaHumraazTere NaamIshq Hai TumseBardaashtRunDil Ne Jise Apna Kahaa.

  1. R. Rahman : Rangeela,Taal,LagaanDil Se…The Legend of Bhagat SinghSwadesOne 2 Ka 4ZubeidaaKadhalanMutthuRatchaganBlueSivaji

Viju Shah : YalgaarMohraRavan Raaj: A True StoryMohraPrithviAar Ya PaarBade Miyan Chote MiyanPyaar Ishq Aur Mohabbat.

Other composers

He has worked with music directors like Rajesh Roshan, Rahul Dev Burman, Laxmikant–Pyarelal, Kalyanji-Anandji, Bappi Lahiri, Anand-Milind, Nadeem-Shravan, Jatin Lalit, A. R. Rahman, Anu Malik, Jagjit Singh, Anup Jalota, Uttam Singh, Raam Laxman, Ilayaraja, Bhupen Hazarika, Shiv-Hari, Ravindra Jain,Madan Mohan, Mohammed Zahur Khayyam, Vishal Bhardwaj, Shankar–Ehsaan–Loy, Himesh Reshammiya, Viju Shah, Vidyasagar, M. M. Keeravani, Mani Sharma, Yuvan Shankar Raja, Karthik Raja, Harris Jayaraj, Devi Sri Prasad, G. V. Prakash Kumar, Ismail Darbar, Anand Raj Anand, Aadesh Shrivastava, Arun Paudwal, Pritam Chakraborty, Jeet Gannguli, Sajid-Wajid, Dilip Sen-Sameer Sen, Nusrat Fateh Ali Khan, Sohail Sen, Nikhil Vinay, Sandesh Shandilya,Sandeep Chowta, Ram Sampath, Rahul Sharma, Daboo Malik, Sameer Tondon, Sukhwinder Singh, Roop Kumar Rathod, Adnan Sami, Kailash Kher, Sanjeev-Darshan, Vishal–Shekhar, Meet Bros Anjjan, Ajay-Atul, Sachin – Jigar and Amit Trivedi.

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु