गायक उज्ज्वल गिरीले ल्याए ‘तिमी र म’

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । गायक उज्ज्वल गिरीले पप गीत ‘तिमी र म’ लिएर आएका छन् । गायक गिरीको नयाँ पप गीत ‘तिमी र म’ मा गायक गिरीको स्वर, शब्द र कम्पोज रहेको छ भने संगीत निर्देशन भने लोचन घिमिरेले गरेका छन् । मायाप्रेमको परिभाषाभित्र लेखिएको गीतमा गायक गिरीले आफ्नोपनलाई प्रस्तुत गरेका छन् । गायक गिरीले पप गायनको वास्तविक फ्लेबरलाई समातेर गीत प्रस्तुत गरेको देखिन्छ ।


गीतको म्यूजिक भिडियोमा दीप गिरी र पासाङ गुरुङले फिचर्ड गरेका छन् । भिडियोलाई राजीव शेरचन थकालीले छायाँकन गरेका हुन् भने भिडियोको सम्पादन तथा निर्देशन रुपन पौडेलले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु