
काठमाडौं । वरिष्ठ गीतकार उन्नती बोहरा शीलालाई मातृशोक परेको छ । गीतका शीलाकी आमा पुष्पावती बुढामगरको ८७ वर्षको उमेरमा असामयिक निधन भएको हो ।
वरिष्ठ गीतकार बोहरा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का ट्रस्टी एवं अनेसास नेपालका सल्लाहकार तथा शंकर लामिछाने प्रतिष्ठानका उपाध्यक्ष, महिला गीतकार संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक वरिष्ठ गीतकार तथा प्राज्ञ हुनुहुन्छ । म्यूजिक खबर परिवार गीतकार उन्नती बोहरा शीलाका ममतामयी माता पुष्पावती वुढामगर प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।