
काठमाडौ । लोक दोहरी गीतसंगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल अहिलेकी चर्चित मोडल उषा सुवेदी अभिनित मायाप्रेममा धोका भएपछि त्यसले उब्जाउने एकखालको समस्यालाई मर्मश्पर्धी ढंगले प्रस्तुत गरिएको ‘बा, आमाको मायाँ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
पासाङ शेर्पाको शब्द, उद्धव घिमिरेको संगीत रहेको गीतमा उद्धव घिमिरे, पासाङ शेर्पा र पूर्णकला बिसिको स्वर समेटिएको छ ।
उषा सुवेदी, उद्धव घिमिरे, लक्ष्मण चौलागाई, रोशनी सापकोटा, वर्षा सिलवाल अभिनित भिडियोका निर्देशक खमेश श्रेष्ठ हुन् ।