
काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र जिपी तिमिल्सिना अलग्गिने भएका छन् । सन् २००० की मिस नेपाल उषाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै सञ्चारकर्मी जिपी तिमिल्सिनाको वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउन लागेको भन्दै लेखेकी थिइन्, तर उनले सो स्टाटस केही घण्टामा नै हटाएकी छिन् ।
उनले सो स्टाटसमा विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले लेखेकी थिइन । आफ्नो आधिकारिक फेसबूकमा एक स्टाटस लेख्दै उनले भनेकी थिइन्, ‘यदि तपाईं बिहेको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन आधार छैन, अब म ‘नो’ भन्छु ।’
केही समययता देखी नै सम्बन्धमा केही वर्षयता दरार आएको भएपनि खड्गी र तिमिल्सिना दुवैले नकार्दै आएका थिए । साथै, उनले अब सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन् ।
जिपी र उषाले प्रेमविवाह गरेका थिए । १७ वर्ष साथै बसेपछि यी दुईले छुट्टिने निर्णय गरेका हुन् ।