प्रेम पीडामा तड्पिँदैछन् विदेशमा गीतकार भण्डारी

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७६, सोमबार

काठमाडौं । प्रवासमा जानेहरु घरबासको यादले धेरै जल्ने गर्छन् तर यहाँ अझै धेरै प्रेमपीडाभित्र जल्ने गर्छन् । प्रवासमा रहँदा पनि घरबासमा भोगेका हिजोका कथाहरु, मायाप्रेमका क्षणहरु गीतसंगीतबाट उतार्दै आउने गर्छन् गीतकार तथा संगीतकार उत्तम भण्डारी । गीतसंगीत भनेको जीवनको भोगाइभित्र भएका दुःखसुख हुन् भण्डारी भन्छन्– तिनै भोगाइबाट जन्मिएको गीत हो ‘म त जलेर’ गीत पनि । उत्तम भण्डारीको शब्द संगीतमा रहेको गीत म त जलेरमा पूर्ण राईले स्वर भरेका छन् ।

बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गीतकार संगीतकार उत्तम भण्डारी पछिल्लो समयमा हुने गरेको धेरै अवार्डमा उत्कृष्ट पाँचभित्रको नोमिनेशनमा परिरहेका हुन्छन् । उनले केही समय पहिला अन्तर्राष्ट्रिय हिमालयन अवार्ड पनि प्राप्त गरिसकेका छन् । हरेक किसिमका गीतहरु लेख्न र संगीत भर्न माहिर बहुप्रतिभाशाली उत्तम भण्डारीको यो गीतबाट उनी निकै आशावादी पनि देखिन्छन् ।
म्यूजिक भिडियोमा ऋचा थापा, अर्मन खान, भूपाल केसी, मनोज वलीको अभिनय रहेको छ भने प्रकाश धितालले यसको निर्देशन गरेका छन् । बुद्ध थापाको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई अप्सन मिडिया तथा इन्टनरटेनमेन्टले प्रोडक्सन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु