प्रणय दिवसमा देखियो ‘तिमी त्यसै त्यसै राम्री’

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७६, शनिबार
Anjali Adhikari

काठमाडौं । प्रणय दिवसमा आफ्नी प्रेमी र प्रेमिकाले एक आपसमा राम्रो देख्नु कुनै नौलो कुरा पनि होइन । तर यहाँ संगीतकार शिखर सन्तोष र गीतकार सञ्जय बरालले कसलाई राम्रो देखे ? प्रणय दिवसको अवसरमा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीतमा गायिका संजीवनी र किरण अधिकारीको स्वरमा नयाँ प्रेम गीत ‘तिमी त्यसै त्यसै राम्री’ सार्बजनिक भएको छ ।


‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतका गीतकार संजय बराल हुन भने यो गीतको म्युजिक भिडियोमा गलबन्दी च्यातियोको चर्चित मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् । शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई युवराज न्यौपानेले छायांकन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु