बहुप्रतिभाशाली नायक राजेश हमाल, गाए गीत ‘गाउँले ठिटो’

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७८, बुधबार

काठमाडौं । राजेश हमालको नामको अगाडि ‘महानायक’ राखिएन भने पढ्ना अपुरो र सुन्दा असहज महशुष हुन्छ । उनको कलाकारितासँगै बौद्धिकताको पनि उतिकै चर्चा हुने गरेको छ । महानायक राजेश बौद्धिक मात्र होइन बहुप्रतिभाशाली पनि छन् । अभिनय मार्फत दर्शक, श्रोताको मन जितेका राजेशको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ को भिडियो सार्वजनिक भएको छ ।

अभिनय समेत हमालकै रहेको भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।

गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस।के। दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक विकास दाहाल हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु