लक्ष्मि र भिमल शाहीको “हेर्दाहर्दै” सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । अमु दियालीको “हेर्दाहर्दै” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एक युवकको मनको भाव समावेश गरिएको सोही गीतमा मायालुलाई परखिएर बसेको तर मायालु नआएको कुरा देखिएको छ । उक्त सार्वजनिक गीतमा असिम केसीको शब्द तथा संगीत रहेको सोही गीतमा ब्रिजेश श्रेष्ठको एरेंज रहेको छ । “हेर्दाहर्दै” बोलको गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा टिकटकका भिमल शाही र लक्ष्मि शाहीको अभिनय रहेको छ ।

माया गर्ने जोडीलाई प्रस्तुत गरिएको भिडियोमा बिछोडको पिडा देख्न सकिन्छ । उक्त गीतको भिडियोलाई प्रेम लामाले छाँयाकन गरेका हुन् भने टेकेन्द्र शाहले नै संपादन गरेका हुन् । गीतलाई लाइमलाइट नेपालको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु