अशोक थापामगरको कथामा ‘आमा कहाँ खोजुँ ?’

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

काठमाडौं । आमा शब्द सबैलाई प्यारो लाग्छ । आमा शब्दलाई प्राय सबैले आ–आफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । यहि सन्दर्भमा निर्देशक अशोक थापा मगरले छोटो कथा बुनेर आमालाई फरक ढंगले खोज्ने प्रयास गरेका छन् । गीतान्जली थापा मगरको सुरिलो आवाजमा पहिलो पटक आमा खोज्दै यस क्षेत्रमा प्रवेश गरेका छन् । फाल्गुन २० गते बिहिबार हाईलाइटस् नेपालबाट रिलिज भएको ‘आमा कहाँ खोजुँ ? म्युजिकल स्टोरीमा बालकलाकार नेरेश्का स्थापितले आमा खोज्ने भुमिका निभाए कि छिन भने रुबि मैनालीले एक बिबश आमा, बिबश्तावश सानी छ महिनाको छोरीलाई खोलाको किनारमा छोड्न विबश आमाको भुमिकामा छिन् । सानी बालिकाको निर्दोष भुमिका सारिका दाहालकी र आश्रमकी आमा सृष्टी थापा मगरको रहेको छ ।

यस कथामा, अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्मदिने आमाको खोजी गरेको कथा छ ।जन्मदिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नबजात शिशुलाई फाल्नबाध्य रहेको कथाछ। अनाथ अश्राममा रहेकी छोरीले जब बिस्तारै ठुली हुदै जान्छे जन्मदिने आमाको बारेमा सोच्न थाल्छे । उनलाई भेट्न् मन लाग्छ । जस्तो सुकै भएपनि एक चोटी भेट्न पाएहुन्थ्यो भन्ने चाहाना बढ्न थाल्छ । आश्रममा कर्म दिने आमा भए पनि उनलाई जन्मदिने आमाको अभाब खट्की राखेको हुुन्छ ।

एक दिनअचानक, आफु सानो छदाँ खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे । उनलाई अझ बेशी आमाको आवश्यक्ता महशुश गर्छे । आमाको खोजी गर्छे । यसमा छोरीको धारणाबाट, छोरीले कथालाई प्रस्तुत गरेको छ ।

यो हाम्रो समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथाहो । आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पीडाहरु, बनावटी खुशीहरु, आघातित बालमनोविज्ञान र जिबनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ । हजारै शिशु अनाथ हुनुमा एउटी आमाभन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ? राज्यको नीतिले एकल पहिलामा कानुन असहज हुनुको पछाडी केहीहदसम्म राज्य पनि दोषी हो कि ?भन्ने प्रश्न गर्छन् ।

यस सांगीतिक फिल्मामा गीतान्जली थापाको स्वर, निर्देशक स्वयंको शब्द, संगीत र अरेन्जर याकुब राई रहेका छन् । दिपक बज्राचार्यको छायाँकन र निर्माणमा टेक बहादुर थापा र राजु थापा रहेका छन् । एम मिडिया प्रा.लि.को निर्माणमा निर्देशक थापा मगरले यसअघि द कोरियन ड्रिम, बरिड इन टियस्, ड्रिम एण्ड रियालिटी जस्ता डकुमेन्टरी फिल्मबाट बिभिन्न नौ वटा अन्र्तराष्ट्रिय अवार्ड पाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु