विल्सन विक्रमको निर्देशनमा ब्रबिमको ‘सेवारो नमस्ते’

म्यूजिक खवर
प्रकाशित: ९ बैशाख २०७६, सोमबार

काठमाडौं । लिम्बु भाषाका गीतहरु गाएर लोकप्रियताको शिखर चुम्न सफल गायक ब्रबिम शेर्मा लिम्बु यसपटक नयाँ नेपाली गीतको म्युजिक भिडियो ‘सेवारो नमस्ते’ मार्फत दर्शकमाझ आएका छन् । गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ ।

दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनकोे उक्त गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् ।

साढे ११ मिनेट लामो उक्त गीतको म्युजिक भिडियालाई लोकप्रिय हास्य अभिनेता विल्सन बिक्रम राईले निर्देशन् गरेका हुन् । भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिशा राईसंग अभिनय गरेका छन् । भिडियोमा विल्सन र एलिशासंगै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन् । भिडियोमा बसेलकै कोरियोग्राफी छ ।

नवराज उप्रेतीको छायांकनको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

गायक ब्रबिम शेर्मा लिम्बूले गाएका लिम्बु गीत्हरुको एल्बमको संख्या नै आधा दर्जनभन्दा बढि छ । ब्रबिमले तीन दर्जनभन्दा बढि नेपाली गीत समेत रेकर्ड गराइसकेका छन् । एक सय भन्दा बढि लिम्बु गीत रेकर्ड गराइसकेका यी गायकले ५० भन्दा बढि लिम्बु गीतलाई संगीतबद्ध समेत गरेका छन् ।

यस्तो छ ‘सेवारो नमस्ते’ को म्युजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु