एउटै गीतमा १२ वटै शुर प्रयोग गरेर बनाइएको नेपाली गीतले विश्व किर्तीमानी कायम गर्न सफल

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ, नामक गीतले विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।

“म वियोगमा बाँचीरहेँ ” संगीतले विश्व रेर्कड कायम गरेर नेपाली कलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ । गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा। दलिप कुमार मल्लको रहेको छ । मल्ले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग परीवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराएका छन् । गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकास मल्ल वि.सं.२०५९ सालदेखि कलाक्षेत्रमा निरन्रत सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् ।
सो कार्यक्रमको सभापति समेत गरेका गीतकार साहित्यकार डा. दलिपकुमार मल्लले समग्रमा सो गीतलाई शुभकामना व्यक्त गरेका छन् । संगीतले आगामी दिनमा नयाँ उचाई कायम गर्ने प्रतिबद्वता मल्लले व्यक्त गरेका छन् । संगीतले नयाँ किर्तीमान कायम गरेकोमा उनी निकै उत्साहित भएको व्यक्त गर्नुका साथै संगीत नेपाली समाजमा निकै लोकप्रिय हुने समेत विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो संगीतले नयाँ किर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गरेकी छिन् । यस संगीतबाट नेपाली कला क्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् । त्यसैगरि कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा कलाकार सुदर्शन आर्चायले सो संगीतलाई शुभकामना दिदैँँ आगामी दिनमा सो संगीतले नयाँ उचाई हासिल गर्ने बताएका छन् । सो संगीत नेपाली समाजमा निकै लोकप्रिय हुने समेत उनले जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंह, विशेष अतिथि समेत रहेका संगीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेका थिए । स्टार म्युजिक सेन्टर प्रा.ली.को आयोजना रहेको सो कार्यक्रमको सचालन संचारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ संगीतकार राजु सिंहको हातबाट एभरेष्ट वल्ड रेकर्डको सर्टिफिकेट संगीतकार लक्षु प्रकास मल्लले ग्रहण गरे । एभरेष्ट वल्ड रेकर्डको सर्टिफिकेट ग्रहण गरिसके पश्चात लक्षुप्रकाश मल्लले नेपाली सांगीतीक क्षेत्रलाई अझ थप उचाँईमा पुर्याउनका लागि आफ्नो तर्फबाट सक्दो योगदान रहने विश्वास समेत व्यक्त गरेका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु