स्रष्टाको सिर्जना जमिन्दारको कब्जामा छ : खरेल

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७२, शुक्रबार

गीतको मृत्युउत्सव मनाइरहेका छौं : लम्साल


काठमाडौं । चलचित्र लेखक एवं वरिष्ठ गीतकार यादव खरेलले गीतकार संघ नेपालले आयोजना गरेको स्रष्टा सम्मान तथा पुरस्कार कार्यक्रममा बोल्दै स्रष्टाहरु अहिले जमिन्दारको कब्जामा रहेको बताए । हामी अभिभावक विहीन बन्दैछौं भन्दै गीतकार खरेलले स्रष्टाहरुको सिर्जना लगानी गरेर बजारमा जान नपाउँदै जमिन्दारीहरुले कब्जा जमाइरहेका छन् । स्रष्टाहरु आफ्नो सिर्जनाको अधिकारबाट खोसिएको अवस्थामा रहेको उल्लेख गर्दै खरेलले भोलिको दिन अब कहालीलाग्दो बाटोतर्फ उन्मुख भएको बताए ।

baburam-yadav-1
त्यस्तै गीतकार एवं पत्रकार नवराज लम्सालले स्रष्टा सम्मान एवं पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘हामी यतिखेर गीतको मृत्युउत्सव मनाइरहेका छौं ।’ स्रष्टाको बौद्धिक सम्पत्तिमाथि नैतिक अधिकार गुमेको अवस्था रहेको उल्लेख गर्दै लम्सालले मुलुकभित्र भएका करिब ५०० रेडियोसँग गायक, गायिका, संगीतकार र गीतकारको रोयल्टीवापत प्रति गीत एक पैसाका दरले पाउनुपर्ने आवाज उठाउन संगीतका क्षेत्रमा क्रियाशील संघसंस्थालाई आग्रह गरे । लम्सालले कुनै पनि संचारमाध्यमले गीतकार संगीतकार गायक गायिकाको नाम नै उल्लेख नगरी गीत बजाउँदै आएको हुँदा स्रष्टाको अधिकार गुमिसकेको हुँदा अब त्यसबाट बच्नुपर्ने बताए । भोलिका पुस्ताले को गीतकार, को संगीतकार, को गायक गायिका कोही पनि नचिन्ने अवस्थातर्फ संगीत उद्योग लागेको दुःख व्यक्त गर्दै प्रत्येक रेडियो स्टेशनले एक दिनमा बजाएको गीत वापतको रोयल्टी उठाइयो भने वर्षमा १३ लाख रुपैयाँ जम्मा हुने बताए ।

baburam bhattarai
गीतकार संघ नेपालले आफ्नो स्थापना दिवसको दिनको अवसर पारेर प्रत्येक वर्ष गर्दै आएको स्रष्टा सम्मान एवं पुरस्कार २०७१ बाट वरिष्ठ गीतकार यादव खरेललाई एक लाख नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर ‘राष्ट्रिय स्रष्टा सम्मान २०७१’ प्रदान गरेको छ । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल, पूर्वमन्त्री एवं गीतकार एसपी कोइराला लगायतको उपस्थितिमा गीतकार खरेललाई सम्मान प्रदान गरिएको थियो ।
सोही अवसरमा विशिष्ट सम्मानबाट गीतकार श्याम तमोटलाई सम्मान गरिएको थियो । गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ जस्ता प्रगतिशील गीतका रचनाकार श्याम तमोटलाई गीतिलेखनबाट पु¥याएको उच्च मूल्यांकन गर्दै गीतकार संघले विशिष्ट सम्मान प्रदान गरेको हो । त्यसैगरी नेपाली गीतसंगीतको क्षेत्रबाट पीएचडी गर्न सफल गीतकार नवराज लम्साललाई संघले बधाई पत्र प्रदान गरेको थियो ।

basanta thamsuhang
यस वर्षको वर्ष गीत पुरस्कारबाट उत्कृष्ट दशमध्येबाट गीतकार वसन्त थाम्सुहाङ ए चन्द्रमुखी गीतबाट उत्कृष्ट गीतकारको पुरस्कार जित्न सफल भएका थिए । थाम्सुहाङलाई ५१ हजार राशिसहित सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट दश गीतहरुमा ए चन्द्रमुखी (वसन्त थाम्सुहाङ), दुःखमा त झर्छ आँसु ( विना महत), विरालो पनि शेर हुन्छ ( मधु शाश्रु), शून्य शून्य भयो (रविन्द्र आशिष शैली), खै हाम्रो दिलमा त (शिव सुवेदी), साउनको भेल जस्तो (डब्बु क्षेत्री), पखिएँ कि तिमीलाई सुमी सिंह), भेटौंला हामी (ऐलेन ठूले), अभिनय तिम्रो मैले (जाङ्बु शेर्पा), आमा भए संसारको (महेश आचार्य) रहेको थिए । सो अवसरमा गीतकार संघलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने संघसंस्था एवं व्यक्तित्वहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो । सोही अवसरमा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले खरेलका रचनाहरुलाई गाएर सुनाएका थिए ।

satya-sworup

satyaraj

lyricist-2

lyricist-1

lyricist

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु