दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ मंसिरमा हुने , आवेदन फारम खुल्ला

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७६, बुधबार

काठमाडौं । एपिक नेपाल म्युजिक प्रा,लि,को आयोजनामा दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ आगामी मंसिरको दोश्रो साता काठमाण्डौ हुने भएको छ । “कला र गला संरक्षण हाम्रो अभियान ,अग्रजलाई सम्मान नवलाई प्रोत्साहन” भन्ने नाराका सात दोश्रो एपिक नेपाल म्युजिक अवार्ड हुने भएको आयोजक सस्थाले जानकारी दिएको छ । २०७५ साल जेष्ठ १ गते देखी २०७६ असार मसान्त सम्म बजारमा आएका गीतलाई सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिक प्रा,लि,का अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल एवम नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुलाई अवार्ड प्रद्धान गरिने बताइएको छ । नेपाली लोकदोहोरी, आधुनिक, पप , लोकपप र काठे र देउडा समाबेश गरिएको आयोजकले जनाएको छ । अवार्डको फाईनल राजधानीमा सम्पन्न गरिने भएको छ । अवार्ड फाईनलको दिन नेपाली गीत सङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । साथै नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । आवेदन फारम एपिक नेपालको कार्यालयमा साथै एपिक नेपालको सम्पर्क न ९८५१२०३२७७ , ९८५२०२२९१८ , ९८६५५४३१९१ वा ९८०८२३६९८४ मा सम्पर्क गर्न सकिने उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु