‘मायामा’ यशोदा र जगदीश (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७६, बिहीबार

अमेरिका । गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन ।

अमेरिकामा हुने प्रायस् कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको यस् गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो । यस् गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् । भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियो अमेरिका स्थित न्युयोर्कका बिभिन्न स्थानमा छायांकन गरिको छ ।

 


झन्डै एक दसक देखी अमेरिकामा रहेर निरन्तर नेपाली गित संगीतमा सकृय यशोदाका ‘यशोदा’ र ‘यशोदा–२’ एल्बम सार्वजनिक छन । गायिका यशोदा नृत्य र अभिनय बिधामा पनि सकृय छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु