यति एयरलाइन्स दुर्घटनामा ७२ जना यात्रु, प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक (यात्रुको विवरण सहित)

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७९, आईतवार
Nira chhantyal

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिएका छन्। निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिए।
विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिएका आज १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ।
निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारीहरू रहेका छन् ।

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटीआर ७२ विमानमा ६८ यात्रु सवार रहेको पाइएको छ। आइतबार बिहान काठमाडौंबाट ६८ जना यात्रु लिएर यती एयरको विमान पोखरा उडेको थियो। पोखरा विमानस्थलमा अवतरण गर्न लाग्दा विमान दुर्घटना भएको हो।

विमान पाइलट कमल केसीले उडाएका थिए। विमानमा चालकदलका ४जनासहित ७२ यात्रु सवार थिए।

यी हुन् विमानमा सवार यात्रुहरुको नामावली

कृष्ण आचार्य
निसान्त आचार्य
शालिकग्राम आचार्य
अलिमाया सदाखात
अलितोनिना भेक्टोरिया
पूर्णबहादुर गुरुङ
जितेन्द्रबहादुर गुरुङ
एलेना ब्यान्डुरो
अनिषा बानिया
शालोक भट्ट
निरा छन्त्याल
रुवान कालुम क्रिन्टोम
असिमा गुरुङ
अनुषा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
रक्की गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
एस्मिन गुरुङ
रविन हमाल
एलेक्जेन्डर इसिडोर
संजय जेसुवाल
सोनु जेसुवाल
रचना काफ्ले
सीताकुमार खड्का
अनिलकुमार राजबार
भगवती कुँवर
अभिषेक कुशवाह
मेरन लभ
युरी लेजिङ
भिक्टर लेजिङ
ओम माया गुरुङ
जानितस्यान्ड्रा प्यालाभेकिनो
सुष्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धी पौडेल
त्रिभुवन पौडेल
पुजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगीता शाही
आयुर्धी शर्मा
बेबी शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा शुशील श्रेष्ठ
राजुसिंह ठकुरी
चुणा थापा
गणेश थापा
लबराज तिमिल्सिना
यु स्यान्ग्योन र अर्का एकजना
चालक दलका सदस्य
कमल केसी
ऐ खतिवडा
के राना
एसआर ठकुरी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु