• प्रियंकासँग युवराज चौंलागाईंको ‘लटर पटर’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १४ बैशाख २०७६, शनिबार १२:०४

    काठमाडौं । गायक युवराज चौंलागाईं यतिखेर आफूलाई फरक शैलीमा उभ्याउँदै देखा परेका छन् । उनको नयाँ गीत ‘लटर पटर’को भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार एवम् गीतकार राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत छ । युवराजलाई गायनमा अनुष्का पाठकले गायनमा साथ दिएकी छन् ।

    भिडियोमा प्रियंका कार्की, सुनिल क्षेत्री र गायक युवराज फिचर्ड छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको यस गीतमा नवराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन छ । भिडियोलाई यूवराज चौलागाईंले आफ्नै यूट्यूब च्यानलबाट अपलोड गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु