कौशिला खनालको शब्द र युवराज चौलागाईंको स्वर संगीतमा ‘संसार रोएको छ’

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७७, शनिबार

काठमाडौं । करिब एक वर्ष हुन लाग्यो कोरोना भाइरसको संक्रमणबाट विश्वमा धेरै जनधनको क्षति भइसकेको छ । मानिसहरु त्रसित भएर बाँचिरहेका छन् । धेरैको ज्यान गइसकेको अवस्था छ भने धेरै संक्रमित भएर आइसोलेशनमा बसिरहेको अवस्था छ । यही कोरोना भाइरसले दिएको दुःखलाई केन्द्रविन्दुमा राखेर गीतकार कौशिला खनाल कर्माचार्यले शब्द सिर्जना गरेकी छन् । सो शब्द सिर्जनालाई गायक युवराज चौलागाईंले संगीत एवं स्वर भरेका छन् । ‘संसार रोएको छ’ बोलको गीत गायक युवराज चौलागाईंको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको संगीत संयोजन भने शैलेन्द्र प्रधानले गरेका छन् । भिडियोको निर्देशन भने लोकश बज्राचार्यले गरेका छन् । कोरोना महामारीको संकटको घडीमा रहेका आफ्नो परिवारलाई भुलेर अहोरात्र विरामीहरुको लागि खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरुप्रति समर्पित गरी गीत सार्वजनिक गरेको गायक चौलागाईंले बताए । गायक चौलागाईंले गीतमार्फत सचेत र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

कौशिला खनाल कर्माचार्य को शब्द, मेरो श्वोर संगीत , शैलेन्द्र प्रधानको संगीत सम्योजना , लोकेश बज्राचार्य को निर्देसन मा ूसन्सार रोएको छू गीत हजुर हरु माझ पस्किएका छौ ।कोरोना माहामारी को यो सङ्कट को घडीमा आफु र आफ्नो परिवार लाई भुलेर अहोरात्र बिरामिहरुको सेवा मा खटिरहनु हुने सम्पुर्ण श्वासथ्यकर्मी हरु र सहयोगी मन हरु प्रती समर्पित यो गीत सुनेर हेरेर हाम्रो कामलाई प्रतिकिया, सल्ला र सुझाब दिनु हुन्छ भन्ने आशा गरेका छौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु