‘मिस वल्र्ड डाइभर्सिटी २०१८’ का लागि ५० देशका सुन्दरीसँग प्रतिष्पर्धा गर्दै युनिता !

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७५, शुक्रबार

युएई । दुबईको वर्ग स्थित अरेबिया पार्क होटेलमा जुमिङ इभेन्ट द्धारा आयोजित मिस वल्र्ड डाइभ्र्सिटिमा नेपालको तर्फबाट युनिता खत्री सहभागी हुने सुवर्ण अवसर पाएकी छिन् । विश्वका ५० राष्ट्रबाट सहभागिता जनाईने छ । यो प्रतियोगिता मिस वल्र्ड डाइभर्सिटीको दोस्रो संस्करण हो ।

युनिता यस अघि मिस ई– कलेजमा दोस्रो रनर अप भएकी थिइन भने मिस राजधानीबाट मिस वल्र्डको ताज पहिरिन सफल भएको उनलाई यही मञ्चबाट मिस वल्र्ड डाइभर्सिटीका लागि चुनिन पुगेकी थिइन् । अन्तष्ट्रिय मञ्चमा आफ्नो पहिलो पाइलालाई प्रतिभा देखाउने अवसरले लिएको उनी भन्छिन् यदि मिस वल्र्ड डाइभर्सिटीको ताज हात लागे म खुशी हुनेछु, सायद रुन्छु पनि होला । किनकि आँसु सुख र दुखको साथी हो । र आफ्नो देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन केही योगदान पु¥याएको महशुष गर्नेछु ।

मिस वल्र्ड डाइभ्र्सिटिमा उत्कृष्ट प्रदर्शनको लागि जुमिङ इभेन्टले युनिताको छनौट पछि प्रतिभामा निखार ल्याउन विभिन्न प्रयोगात्मक प्रशिक्षण समेत उपल्वध गराउँदै आएको छ । सुन्दरी युनिकाको व्युटि प्याजेन्टमा सहभागी हुने बाल्यकाल देखिको सपना आज साकार भएको छ ।
यस इभेन्टमा संस्कृति, प्रतिभा त्यस्तै ¥याम वाक समेत गरी विभिन्न चार शीर्षकमा प्रतियोगिता हुनेछ । उनी भन्छीन जीत र हार त छँदै अन्तर्रा्ष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनु नै सौभाग्यको कुरा हो ।

फेसन उद्योगमा युनिताको तीन वर्षे यात्रा एस।एल।सी परीक्षा सकिए पछि सुरु भएको हो । युनिग्लोब कलेजमा सूचना प्रविधि सङ्कायको प्रवीणता प्रमाण पत्रतहमा अध्ययनरत यी नव प्रतिभा सफ्टवेयर प्रोग्रामिङमा विशेष अभिरुचि राख्दै आफ्नो फेसन क्षेत्रमा प्रेरणको स्रोत मिस नेपाल माल्भीका सुब्बालाई लिने गर्दछिन् । फेसन क्षेत्रलाई सौखको रूपमा लिँदै साल्सा नाच्न मन पराउने युनिता वसन्त ऋतुमा छन् रमाउने गर्दछिन् । सुरुवातमा यस क्षेत्रमा लाग्न परिवारबाट सहयोग नभए पनि युनिताको समर्पण र कडा मेहनतको कदर गर्दे परिवारीक सहयोगले यहाँ सम्म आइपुग्न सफता मिलेको उनले बताइन् ।

नेपालको वातावरणीय प्रदुर्शन र राजनीतिमा देखिएने भ्रष्टाचार दुवैलाई नियन्त्रणका लागि अन्तराष्ट्रिय मञ्चबाट उनले आवाज उठाउन जमर्को गरेकी छिन् । त्यही मञ्चबाट नेपालका दुई औद्योगिक छिमेकी राष्ट्र चीन र भारतले उत्सर्जन गर्ने कार्बोनडाई अक्साईडका कारणले नेपालको वावारणीय प्र्रदुशणमा हुने वृद्धिको नियणत्रण अत्यावश्यक छ भने भ्रष्ट राजनीतिले नेपाललाई सधैँ विकास उन्मुख राष्ट्रको सुचीमा दरीन बाध्य पारेको छ । यो क्रम अब बन्द हुनुपर्ने आफ्नो धारणा राख्छिन् ।

मिस वल्र्ड डाइभ्र्सिटिको ताज हात लागे नेपाल छोड्नु हुन्छ, भन्ने प्रश्नमा युनिता भन्छीन म जहाँ गए पनि नेपालको दौरा सुरुवाल र साडी चोलोलाई बिर्सिन सकिन्न , यो देश मेरो मुटुमा बसेको छ कसरी बिर्सिन सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु