• ‘मिस वल्र्ड डाइभर्सिटी’को ताज नेपाली चेली युनिताको शिरमा

    म्यूजिक खबर
    प्रकाशित: ३२ असार २०७५, सोमबार

    यूएई । दुवईको वर्ग स्थित अरेबिया पार्क होटेलमा आयोजना भएको ‘मिस वल्र्ड डाइभर्सिटी’मा नेपालको प्रतिनिधित्व गरेकी युनिता खत्रीले उपाधी हात पारेकी छिन् ।  प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटीको उपाधि सहित बेस्ट डान्सको समेत उपाधि जित्दा, भारतकी प्रतियोगी फस्ट रनरअप भएको थिइन् ।

    यो पटकको प्रतियोगिता ‘मिस वल्र्ड डाइभर्सिटी’को दोस्रो संस्करण हो ।

    युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वल्र्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेपछि उनलाई सोही उपाधीले डाइभर्सिटीको प्रतियोगी बनाएको थियो ।

    प्रतियोगिता जानु अघि खत्रीले उक्त प्रतियोगीता आफूलाई अन्तष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसरको रुपमा लिएको बताएकी थिइन् ।

    उनले भनेकी थिइन्, “देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने यो महत्वपुर्ण अवसर पनि हो ।” संस्कृति, प्रतिभा र ¥याम वाक समेत गरि विभिन्न प्रतियोगीले प्रतियोगीतामा आफ्ना प्रतिभा प्रदर्शन गरेपछि उनी विजयी भएकी हुन् ।

    युनिताको वियजलाई केहीले प्रमुख अन्तराष्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको पहिलो महत्वपूर्ण विजय मानेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु