जेनिशालाई प्लानेट नेपालको उपाधि, बेष्ट सोसियलको अवार्ड समेत चुमिन्

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७५, सोमबार

काठमाडौं । बालुवाटारकी १३ वर्षिय जेनिशा तामाङले प्लानेट नेपाल २०१८ को ताज पहिरिन सफल भएकी छिन् । जेनिथ मिडियाले आयोजना गरेको प्लानेट नेपाल २०१८ को बिजेता बनेकी जेनिशाले ताजसँगै नगद रु ५०,००० र काठमाडौं–पोखरा– काठमाडौंसम्मको हवाई टिकट समेत जित्न सफल भएकी छिन् ।

जेनिशाले बिजेताको ताजसँगै बेष्ट सोसियलको अवार्ड समेत जित्न सफल भएकी छन् । निर्णायक मण्डलको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिँदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी हुन् । निभर्स स्कुल बालुवाटारमा ८ कक्षामा अध्यनरत जेनिशा तामाङ बिद्यालयमा समेत ट्यालेन्ट विद्यार्थी हुन् । तेज दिमाग भएकी जेनिशा तामाङ पढाइसँगै अन्य आन्तरिक क्रियाकलाप समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा बिनोद तामाङले बताए ।

स्थायी घर शिवपुरी–५ नुवाकोट भई काठमाडौँ महानगरपालिका बालुवाटार बसोबास गर्दै आएकी प्लानेट नेपाल २०१८ को बिजेता जेनिशा तामाङ भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन् । छोरी जेनिशा तामाङले प्लानेट नेपाल २०१८ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुशियाली छाएको आमा जुना तामाङले बताइन् । युवा समाजसेवी समिर खानको प्रेरणा तथा हौसलाको साथमा युवा पर्यटन ब्यबसायी बिनोद तामाङको लगनशीलताको प्रतिफल स्वरुप छोरी जेनिशा तामाङको जितको कारणले गर्दा सम्पूर्ण बिद्यालय परिवार लगायत समाजमा नै खुसियालीको रङ्ग भरेको कुरा बाबा बिनोद तामाङ बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु