• “धानको चामल धानैको चिउरा”गायिका कला र एक्सन स्टार निखिल उप्रेतीको रोमान्स // भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २ आश्विन २०७६, बिहीबार २३:२७

    किस्ना आचार्य रोशनी
    असोज ३ काठमाडौ

    पछिल्लो समय नेपाली लोकदोहोरी गीतसंगीत को बजार दिनानुदिन फराकिलो बन्दै गहिरहेको छ । अन्य बिधाका कलाकर्मी हरुले लोक गीतलाई हेर्ने सुन्ने नजर पछिल्लो समय फरक बनिरहेको र लोकदोहोरी प्रतिको आकर्षण बढिरहेको हामिले स्पष्ट देख्न सक्दछौ ।

    अत्यन्तै सरल सहज शव्दहरुको प्रयोग टिपिकल लयात्मक ढंगले प्रस्तुत गरेको गीतको अडियो भिडियो निर्माणमा उत्कृष्ट र राम्रो क्वालिटी मा तयार हुनु पनि मुख्य आकर्षण हुनसक्छ यसकारण पनि अहिले नेपाली सिने क्षेत्रका चर्चित स्टार हिरो हिरोइन हरुले पनि लोकदोहोरी गीतमा मज्जाले कम्मर मर्काइरहेको हामिले देख्न पाउदै आएका छौ ।

    यसै क्रममा भर्खरै मात्र लोकतथा दोहोरी गायिका कला लम्साल,जन गायकको परिचयले परिचीत लोकप्रिय गायक बद्री पंगेनी ,गायक चन्द्र शर्मा ले स्वर भरेको गीत धानको चामल नामक लोकदोहोरी गीत सार्बजनिक भएको छ ।

    गीतमा लोकप्रिय सर्जक रमेश बिजि को उत्कृष्ट शब्द सिर्जना छ भने युवा गायक तथा सर्जक तिलक ओलि को लय सिर्जना रहेको छ ।
    गीतको म्युजिक भिडियो मा नेपालि फिल्म क्षेत्रका एक्सन स्टार मानिने नायक निखिल उप्रेती पहिलोपटक लोकदोहोरी गीतमा गायिका कला लम्साल संगै कम्मर मर्काएर नाचेका छ्न् ।
    अडियो भिडियो अत्यन्तै उत्कृष्ट बनेको यश गीतको म्युजिक भिडियो निर्देशन शिव बिक को हो भने सम्पादन मिलन बिस्वकर्मा ले गरेका हुन ।
    छायांकन रक कौसल को रहेको धानको चामल लाई आशिष अविरलले म्युजिक एरेन्ज गरेका छ्न भने HBN किस्मत को मिक्सिङ रहेको छ । गायिका कला लम्सालको आफ्नै अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु